नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छः प्रधानमन्त्री ओली
काठमाडाैं | कात्तिक १०, २०८१
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गर्नुभएको छ ।
विश्व नेपाली साहित्य महासङ्घद्वारा आज यहाँ आयोजित तेस्रो विश्व नेपाली साहित्यिक सम्मेलनमा प्रधानमन्त्री ओलीले साहित्य मनोरञ्जनका साथै समाजलाई जागृत गर्दै अग्रगमनको सन्देश दिने विधा भएकाले यसको महत्व अधिक रहेको बताउनुभयो ।
उहाँले देशको मौलिक साहित्य र कलालाई विश्वमाझ चिनाउन यस्ता सम्मेलन सहयोगी हुने बताउँदै कोभिड–१९ का बेला ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’लाई पुनः निरन्तरता दिने तयारी गरिएकाले उक्त सम्मिलिनमा सहभागिताका लागि स्रष्टाहरुलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसहितका साहित्यकारहरुलाई सम्मान पनि गर्नुभयो ।
म्याग्दी: मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट...
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका ...
पोखरा: पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादा...

